२९ असोज, काठमाडौं । आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो।
साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।
यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ ।