|  

टेस्ला कारमा आगलागी हुँदा चार जनाको घटनास्थलमै मृ#त्यु

२९ असोज, काठमाडौं ।  विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको गाडीमा आगलागी हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

फ्रान्सको निओर्ट सहरमा टेस्ला गाडी बाटोमा अनियन्त्रित भई साइनबोर्डमा ठोक्किंदा आगलागी भएको हो । दुर्घटना शनिबार राति भएको हो । सो दुर्घटनाको विवरण अझै बाहिर आउन सकेको छैन ।

उक्त दुर्घटनामा प्रत्यक्षदर्शी कोही नभएकाले अनुसन्धान गर्न गाह्रो भएको बताइएको छ । त्यस्तै गाडीका एक चालक र तीन यात्रुको शरीर जलेर पहिचान गर्न नसकिने अवस्था छ ।