|  

‘छक्का पञ्जा ५’ लाई उछिनेर ‘१२ गाउँ’ ले पायो ८६ शो

०१ कात्तिक, काठमाडौं । दशैंको समयमा रिलिज भएका तीन फिल्महरूमध्ये हाल सबैभन्दा बढी शो ‘१२ गाउँ’ ले पाएको छ ।

पहिलो हप्तामा १३५ शो पाएको यो फिल्मले दोस्रो सातामा प्रवेश गर्दै ‘छक्का पञ्जा ५’ लाई उछिनेर ८६ शो पाएको हाे । प्रर्दशनमा आएको पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो । जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ । काठमाडौंका क्यूएफएक्स आउटलेटहरूमा समेत ‘१२ गाउँ’ ले भोलिका लागि धेरै शो पाएको छ ।

त्यस्तै, वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’को यात्रा भने मध्यम छ । यो फिल्मले सुरुवातमा ९४ शो पाएको भए पनि, आज दोस्रो हप्तामा ८ शो मा झरेको छ ।

उता निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलहरूले शो घटाएको भन्दै हलबाट हटाएका छन् ।