|  

महिला टी-२० विश्वकपः अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

२ कात्तिक, काठमाडौं ।  महिला टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको एक सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर दुई बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ पटकको विजेता अष्ट्रेलियाको टोलीलाई हराएको छ ।