|  

झापामा फलामको गेटले थिचेर २ वर्षीय बालकको मृ#त्यु

२ कात्तिक, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-६ का सवनम मस्कराका २ वर्षीय छोरा शिवयमको फलामको गेटले थिचेर मृत्यु भएको छ ।

आमा श्रेया अग्रवालसँग अर्जुन धारा-६ स्थित मामा ऋषि अग्रवालको घरमा पाहुना गएका बेला खेल्ने क्रममा भत्किएको गेटले बिहीबार राति ८ बजे थिच्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बी एन्ड सी अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शुक्रबार बिहान साढे ६ वजे मृत्यु भएको हो ।