|  

आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै

२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।