|  

टिपर दुर्घटना हुँदा चालकको मृ#त्यु

२ कात्तिक, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेका छन् ।

चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।