|  

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने 

२ कात्तिक, काठमाडौं । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरीले जनाएको छ ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ- हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्ने सक्नेछन् ।