|  

विपक्षी दलहरूको बैठक जारी 

२ कात्तिक, काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक संसद भवन लोत्से हलमा जारी छ । जारी बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत, रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु सहभागी रहेका छन् ।