|  

भालिदेखि अस्ट्रेलियामा ‘१२ गाउँ’ प्रदर्शन हुने

२ कात्तिक, काठमाडौं । फिल्म ‘१२ गाउँ’अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ ।

नेपालमा जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भइरहेको यो फिल्मको माग अस्ट्रेलियामा पनि भएकाले अक्टोबर १९ शनिबारदेखि अस्ट्रेलियामा प्रदर्शन हुने भएको हो ।

सुरूमा सिड्नीबाट सुरू गरेको फिल्मको प्रदर्शन अस्ट्रेलियाको आठै वटा राज्यमा हुनेछ । एक्सनप्रधान र सामाजिक विषयबस्तु समेटिएको फिल्ममा ‘१२ गाउँनामक एक प्राचीन गाउँको अत्याचारी शासक विरूद्धको लडाइँको कथा यसमा समेटिएको छ।

फिल्ममा विराज भट्ट, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले अभिनय गरेका छन्।