|  

एकैदिन २ हजार रुपैयाँले बढ्यो सुन, कति पुग्यो तोलामा ? 

२ कात्तिक, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।