|  

फोहर व्यवस्थापनमा लापवाही गर्ने टेकु​को बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

२ कात्तिक, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताल टेकुलाई रु एक लाख जरिवाना गरेको छ ।

उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।

अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ ।