|  

चलचित्र ‘१२ गाउँ’ले एक सातामै कमायो १० करोड ५ लाख 

२ कात्तिक, काठमाडौं ।  चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् ।