|  

रौतहटमा विभिन्न दलका २ सय बढी नेता-कार्यकर्ता एमाले प्रवेश

२ कात्तिक, काठमाडौं । रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बडा दशै. दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई नेकपा एमाले नगर कमिटी द्वारा बीनगरा गाउँमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टीकी महिला नेत्री जिउती देवी यादवको नेतृत्वमा २ सयभन्दा बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेका हुन् ।