|  

रविलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

२ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष निकालेको छ ।