|  

फोनबाट सेटिङ एप हटाउँदै सामसङ

२ कात्तिक, काठमाडौं । सामसङले ग्यालेक्सी फोनमा सेटिङ एप हटाउने भएको छ ।

सेटिङ एपलाई एआईले विस्थापित गर्ने योजना सहित कम्पनीले नयाँ रणनीति अघि सारेको हो । अब आउन लागेको ग्यालेक्सी एस २४ एफईमा सेटिङ एप हुने छैन । सेटिङ एपमा म्यानुअल्ली गएर कुनै जानकारी मिलाउनुभन्दा त्यो काम एआईले क्षणभरमै गरिदिने भएकाले कम्पनीले यस्तो योजना ल्याएको हो ।

एआईले सेटिङको काम कसरी गर्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी बाहिरिएको छैन । तर, प्रयोगकर्ताले जसरी फोन प्रयोग गर्छन्, त्यसको आधारमा एआईले फोनको सेटिङ मिलाउन सक्ने सङ्केत देखिएको छ ।