|  

चितवनमा रगतको अभाव

०२ कात्तिक, काठमाडौं । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा चितवनमा रगतको अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छन् । त्यहाँ दैनिक २ सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए । चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए ।

रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।