|  

कक्षा १२ को ग्रेडवृद्धि नतिजा सार्वजनिक गर्ने तयारी

२ कात्तिक, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । 

बोर्डले भदौ २५ र २६ मा लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । वैशाखमा लिएको नियमित परीक्षामा दुई विषयसम्म एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका छन् ।

एक लाख २७ हजार विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिएका छन् ।नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी रहेको बोर्ड स्रोतले जनाएको छ ।