|  

नक्कली नोटसहित एक ब्यक्ति प#क्राउ

०२ कात्तिक, काठमाडौं । पर्साको  वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट १ हजार दरको ४७ थान नक्कली नोटसहित एक ब्यक्ति पक्राउ परेका छन् ।

भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।