|  

राज्यको दुरूपयोग गरी रविलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने रास्वपाको चेतावनी

०२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई राज्यको दुरूपयोग गरी पक्राउ गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

आज नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले सभापति लामिछानेलाई शक्तिको दुरुपयोग गरी पक्राउ गरे आफूहरू त्यसको प्रतिवादमा उत्रिने बताएका हुन । सहकारी प्रकरणमा सघाउन सभापति लामिछाने आफै तयार रहेको उनको भनाइ छ । दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ पर्नसक्ने बताएका थिए । प्रचण्डले लामिछाने पक्राउ पर्न सक्नेबारे आफूले सूचना पाएको बैठकलाई जानकारी गराएका थिए ।