|  

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

२ कात्तिक, काठमाडौं ।  बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिनेले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ । मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो-यसलाई हल्का रूपमा नलिनुहोस् ।

यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ । पुलिस यतिबेला सन्देश पठाउने व्यक्तिको खोजी गरिरहेको छ। सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । 

Salman Khan Death Threat