|  

छविलालको ३६ पेज लामो बयानः रविबारे मौन

०२ कात्तिक, काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी प्रहरीको हिरासतमा छन् ।

असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले जानकारी दिए ।

बयानमा जोशीले आफ्नो डिफेन्स गरेका छन् । सहकारीको रकम गितेन्द्रबावु (जीवी) राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी, पूर्वगृहमन्त्री रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशी रवि लामिछानेबारे मौन देखिएका छन । अनुसन्धान अधिकृतहरूले ‘रकम खर्च गर्ने व्यक्ति’ बारे सोधेको प्रश्नमा उनले भनेका छन, ‘खर्च गर्नेको रेकर्ड त्यहीँ होला ।’ लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । लामिछानेले हस्ताक्षर गरेर उपकरण खरिद र कर्मचारीलाई तलब दिएको छानबिनबाट देखिएको छ ।