|  

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

०२ कात्तिक, काठमाडौं । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ ।

दिउँसो वडा नम्बर १ स्थित स्थानीय तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरेको हो । उनी ६३ वर्षका थिए । उनीसँगै गएका अर्का स्थानीय एक व्यक्ति रुखमा चढेर बाँचेको प्रहरीले जनाएको छ । ती व्यक्ति बाघबाट बच्न रुखमा चढेको प्रहरीले जनाएको छ । प्रहरीले उनको परिचय खुलाएको छैन ।