|  

इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा पाकिस्तान विजयी

०२ कात्तिक, काठमाडौं । इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १ सय ५२ रनले विजयी भएको छ ।

पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो । दोस्रो टेस्ट पाकिस्तानले जितेसँगै तीन खेलको शृङ्खलामा १-१ को बराबरी भएको छ । पहिलो टेस्ट इङ्गल्यान्डले एक पारी र ४७ रनले जितेको थियो । पाकिस्तान र इङ्गल्यान्डबीचको अन्तिम टेस्ट आउँदो बिहीवारदेखि रावलपिन्डीमा शुरू हुनेछ ।