|  

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी

०२ कात्तिक, काठमाडौं । मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । समितिले पशुपति क्षेत्र विकास समिति र काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो । समितिले धर्मशालाबाट गैरकानुनी रूपमा निकाल्न खोजिएको दाबी रिट निवेदनमा गरेको छ । उच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।