|  

ओभर पोलिटीसाइजेशन’ का कारण नेपालमा प्रगति हुन सकेनः प्रचण्ड

०२ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ओभर पोलिटीसाइजेशन’ का कारण नेपालमा प्रगति हुन नसकेको बताएका छन् ।

हिन्दु आर्थिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताएका हुन । पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ ।