|  

सभापति पक्राउ पर्दा हामीले कुनै अवरोध गर्दैनौँः मनिष झा

०२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले सभापति रवि लामिछाने पक्राउ पर्दा आफुहरुले कुनै अवरोध नगर्ने प्रतिक्रिया दिएका छन् ।

आज पार्टी कार्यालयमा जम्मा भएका कार्यकर्ता र समर्थकहरुसँग उनले कुनै अवरोध नगर्न आग्रह पनि गरेका छन् । उनले भनेका छन्,‘हाम्रो सभापति पक्राउ पर्दा कुनै पनि अवरोध गर्दैनौँ । हामीले प्रहरीलाई सहयोग गछौँ । पार्टीका समर्थकहरुलाई पनि सभापति पक्राउ पर्दा कुनै अवरोध वा विरोध नगर्न अनुरोध गर्दछु ।’