०२ कात्तिक,काठमाडौं । कास्की जिल्ला अदालतले छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ ।
आज अदालतले असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।