|  

अब पोखराबाट न्यायको लडाई शुरु हुन्छः कविन्द्र बुर्लाकोटी

०२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाई शुरु हुने बताएका छन ।

आफ्ना सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाई सुरु हुने टिप्पणी गरेका हुन । उनले भनेका छन, ‘न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा जानलाई तयारी गर्नुहोला । सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर । उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजिनामा दे ।’