|  

साफ महिला च्याम्पियनसिपः भुटानसँगकाे खेलमा नेपाल बराबरीमा राेकियाे

०२ कात्तिक, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ । समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।