|  

रवि लामिछानेलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

३ कात्तिक, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की पुर्‍याइएको छ ।

स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालय पुर्‍याइ लगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्।जिल्ला अदालत कास्कीले शनिबार पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो।

शुक्रबार बेलुका नै पक्राउ परेका लामिछानेलाई उनकै आग्रहमा प्रहरीले स्थलमार्गबाट पोखरा लगेको हो।