|  

मर्मत पछि मनकामना केबलकार पुनः सञ्चालनमा

३ कात्तिक, काठमाडौं ।  मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ ।

मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो ।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको थियो  ।