|  

लामिछानेलाई भोलिमात्रै अदालतमा उपस्थित गराइने

३ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई प्रहरीले आइतबारमात्रै अदालतमा उपस्थित गराउने भएको छ ।

आज सार्वजनिक बिदा भएकाले प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार उनी काठमाडौँबाट पक्राउ गरेका थिए ।

पक्राउ परेसँगै प्रहरीले रातारात लामिछानेलाई सडकमार्ग हुँर्द पोखरा लगेको हो।