|  

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

३ कात्तिक, काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो ।

जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्‍याइन् । जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो ।

इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् । तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ