|  

चितवनको टाँडी हिरासतमा थुनुवाको मृ#त्यु

३ कात्तिक, काठमाडौं । चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  हिरासत कक्षमा रहेका अपराधिक लाभ कसुर मुद्दाका थुनुवा रत्ननगर(१३ का ४५ वर्षीय महमद क्यामोदिन रहेका छन् ।  
क्यामोदिन बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा भेटिएका थिए ।

घोप्टो परेको अवस्थामा भेटेपछि उठाउँदा नउठेकोले उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

क्यामोदिनको शव भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।