|  

रामेछापमा घरको छतबाट खसेर १५ महिनाको बालकको मृ#त्यु 

३ कात्तिक, काठमाडौं । रामेछापको शैलुङ गाउँपालिकामा घरको छतबाट खसेर १५ महिनाको बालकको मृत्यु भएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भई रामेछापको दोराम्बा शैलुङ गाउँपालिका-३ थामचौर मामाघर आएका सन्तोष तामाङको १५ महिनाको छोराको दुई तला माथिबाट खसेर मृत्यु भएको हो ।

उनी खेल्ने क्रममा खसेको प्रहरीले जनाएको छ । उनको मन्थलीको तामाकोशी अस्पतालमा उपचारको क्रममा राति पौने नौ बजे मृत्यु भएको प्रहरीले जनएको छ ।