|  

पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनको तयारीमा

३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने भएका छन् ।

रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउ विरुद्ध प्रदर्शनको तयारी थाल्दै गर्दा सहकारी पीडितहरूले पनि सडक सङ्घर्ष थाल्ने भएका छन् । रविको समर्थनमा रास्वपाले मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्दै छ ।

सहकारी पीडितहरूले पनि गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका हुन् । सहकारी पीडितहरूले सामाजिक सञ्जालमा गैह्रापाटनमा उपस्थित हुने सूचना पोस्ट गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गर्दै आएको छ ।