|  

रविको ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै नयाँ नाटक सुरु भएछः थापा

३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपालाई लक्षित गर्दै टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाविहीन नयाँ नाटक मन्चन भएको र उक्त नाटक सुपरफ्लप हुने बताएका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ-‘प्रतिशोध ’’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौँ ।’

थापा नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।