|  

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

३ कात्तिक, काठमाडौं । आज पनि देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

यसका लागि सात सय ५३ स्थानीय तहका पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।