|  

सरकारले पोहोर कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने

३ कात्तिक, काठमाडौं । सरकारले पोहोर कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को हिजो बसेको बैठकले गएको वर्षदेखिका सबै पीडित समेटिने गरी पुनर्निर्माण, पुनर्स्थापना र अस्थायी आवास बनाउने निर्णय गरेको हो ।

बैठकले वर्षभर विपद्ले गरेको क्षतिको जतिसक्दो विवरण सङ्कलन गर्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ ।