|  

इजरायलले आक्रमण बन्द नगरेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी 

३ कात्तिक, काठमाडौं । हमासले आफ्ना प्रमुख याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ ।

गाजामा हमासका प्रमुख खलिल हयाले अक्टोबर १८ मा इजरायली सेनाले सिन्वारलाई मारेको एक विज्ञप्तिमा बताएका छन् । यसअघि इजरायलले एक अपरेशनमा याह्या सिनवार मारेको पुष्टि गरेको थियो ।

हयाले इजरायलले गाजामा आक्रमण बन्द नगरेसम्म र कब्जा गरेको क्षेत्रबाट आफ्ना सेना फिर्ता नगरेसम्म गाजामा बन्धकहरूलाई रिहा नगरिने पनि स्पष्ट पारेका छन् । गत वर्ष अक्टोबर ७ मा भएको आक्रमणमा हमासले २५२ जनालाई बन्धक बनाएको थियो ।

तीमध्ये १०५ बन्धकलाई अस्थायी सम्झौतापछि रिहा गरिएको थियो । तर अझै पनि १०० भन्दा बढी इजरायली नागरिक हमासको नियन्त्रणमा छन् । केही बन्धक मारिएका पनि छन् ।