|  

बाहुबलीको तेस्रो संस्करण बन्ने तयारीमा

०३ कात्तिक, काठमाडौं । भारतीय चर्चित फिल्म बाहुबलीको तेस्रो संस्करण बन्ने भएको छ ।

बाहुबलीका चर्चित निर्देशक एसएस राजामौली उक्त फिल्मको तेस्रो संस्करण बनाउने तयारीमा छन् । पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । यो खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । उनी २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि रहेका थिए । 

सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो । प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै बाहुबली-२ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।