|  

टर्कीमा बस दुर्घटना हुँदा ७ जनाको मृ#त्यु, ३३ जना घाइते

३ कात्तिक, काठमाडौं । टर्किएमा शुक्रबार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।  केही घाइतेको अवस्था गम्भीर छ ।

अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको बताएका छन् । पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ  ।