|  

जनार्दन शर्मा सहित प्रचण्ड पुगे चितवन 

०३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड उपमहासचिव जनार्दन शर्मालाई लिएर गएका हुन् । वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई प्रचण्डसहित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपमहासचिव शर्मा लगायत नेताहरु सम्बोधन गर्ने तय भएको छ ।