|  

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा जुटे रास्वपाका नेताहरु

०३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपलब्ध नेताहरु पोखरामा छलफलमा छन् ।

सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन । छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत उपलब्ध केन्द्रीय सदस्य सहभागी भएको रास्वपाले जनाएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको रास्वपाका एक नेताले बताए ।