|  

नवलपरासीको कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते

३ कात्तिक, काठमाडौं ।  नवलपरासीको कावासोतीको बालुवाडाँडामा जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बालुवाडाँडाबाट कावासोतीतर्फ जाँदै गरेको बा प्र ०७ ०० १ ज ००२० नम्बरको जीप शनिबार मध्याह्न दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।