|  

ओलीको संगतले गगन पनि नाङ्गिएः मनिष झा

३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको बताएका छन् ।

यस्तै कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको उनले बताए ।रवि लामिछाने पक्राउको विरोधमा पोखरामाभएको विरोध कार्यक्रममा बोल्दै उनले भने– ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’