|  

कावासोती दुर्घटना अपडेटः २ जनाको मृत्यु ,९ जना गम्भीर घाइते

०३ कात्तिक, काठमाडौं । कावासोतीको बालुवाडाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोकेको बा.प्र.०७ ०० १ ज. ००२० नम्बरको जिप आज बिहान ११ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या ९ पुगेको छ ।
प्रहरीका अनुसार बालुवाडाँडाबाट कावासोतीतर्फ हिडेको जिप सडकबाट खस्दा २८ जना घाइते भएका थिए । ९ जना गम्भीर बिरामीको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।