|  

अरू दलले जस्तो रास्वपाले जनतालाई दुःख दिनेगरी आन्दोलन गर्दैनः विराजभक्त श्रेष्ठ

०३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने दाबी गरेका छन् ।

पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने बताएका हुन् । उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने भन्दै अरू दल र रास्वपामा फरक रहेको बताए ।  आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको उल्लेख गरे । गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठले भनाई छ ।