|  

रवि पक्राउबारे संसदलाई जानकारी

०३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद्मा टाँस गरेर जानकारी गराइएको छ ।

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिएका हुन् । संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१-०७-०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प।सं। २०८१-०८२ च।नं। ७०२७ मिति २०८१-०७-०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

हिजो सांसद लामिछानेलाई सहकारी प्रकरणमा काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । भोलि उनलाई अदालतमा पेस गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।